दिल्लीमा भएको हिंसामा परेर ४२ को मृत्यु, २०० भन्दा बढि घाइते

काठमाडौं , फागुन १६ । उत्तर पूर्वी दिल्लीमा आईतवार देखि शुरु भएको हिंसामा परेर ४२ जनाको मत्यु भएको छ । साथै २०० भन्दा धेरै घाइते भएका छन् ।

घाइतेहरुको दिल्लीका बिभिन्न अस्पतालमा उपचार भईरहेको छ । आईतवारबाट हिंसाग्रस्त बनेका दिल्लीका बिभिन्न इलाकामा बिहीवार बेलुकादेखि भने शान्ति छाएको छ ।

अहिलेसम्म सरकारले १८ जनाबिरुद्ध एफआईआर मुद्दा दर्ता गरेको छ भने १०६ जनालाई गिरफ्तार गरेको छ । यो हिंसाले दिल्लीमा निकै उग्ररुप लिएको थियो । त्यहाँका विपक्षीदलले गृहमन्त्रीको राजिनामा समेत मागेका थिए भने सरकारको कडा आलोचना पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्