एनएमबी बैंकको १६४ औंँ शाखा रोल्पाको माडीमा, उर्जामन्त्री पुनले गरे उद्घाटन

काठमाडौं, फागुन १५ । एनएमबी बैंकले रोल्पाको माडीमा आफ्नो १६४ औं शाखा विस्तार गरि सञ्चालनमा ल्याएको छ। उर्जामन्त्री वर्षमान पुन र एनएमबी बैंकका अध्यक्ष पवन कुमार गोल्याणले संयुक्त रुपमा बिहीबार माडीमा बैंकको नयाँ शाखाको उद्घाटन गरे ।

२४ वर्षदेखि ग्राहक सेवामा समर्पित एनएमबी बैंकले आफ्नो नविनतम् सेवा तथा सुविधाहरु द्वारा ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्यका साथ शाखा संचालनमा ल्याएको जनाएको छ। शाखा विस्तार भएसँगै ग्राहकहरुलाई सेवामा अब भने सहज हुने भएको छ । यसरी शाखा विस्तार हुँदा स्थानीय पनि निकै खुशी भएका छन् ।

बैंकले हाल देशभरि छरिएर रहेका आफ्ना १६४ शाखा सञ्जाल, १३१ वटा एटीएमहरु लगायत अन्य वैकल्पिक वितरण प्रणालीे समेतको माध्यमबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्