सहिद स्मारक बी डिभिजन लिग: श्री भगवति क्लब विजय
काठमाडौं, फागुन १५ । सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत बिहीबार सम्पन्न खेलमा श्री भगवती क्लब विजय भएको छ । मध्यपुर युथ एसोसिएसनलाई २–० ले पराजित गर्दै उसले जिवय सुरुवात गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा प्रज्वल थापा मगरले गरेको गोलसँगै भगवतीले अग्रता लिन सफल भएको हो ।
पहिलो हाफमा १–० ले पछाडी परेको मध्यपुरले दोस्रो हाफमा पुनः गोल खाँदा पराजित हुनुपर्यो।
भगवतीका ‘सब्स्टिच्युड’ खेलाडी युवराज ढकालले ७२औं मिनेटमा टोलीका लागि दोस्रो गोल गर्दै सहज जित सुनिश्चित गरे।















प्रतिक्रिया दिनुहोस्