कुनै पनि हालतमा पार्टी विघटन हुन दिन्नौं : प्रचण्ड
काठमाडौं, फागुन १५ । नेकपाका अध्यक्ष प्रचण्डले पार्टीलाई कुनै पनि हालतमा विघटन हुन नदिने बताएका छन्।काठमाडौंमा आयोजित नेकपाको बाग्मती प्रदेश स्तरीय भेलामा दाहालले सबै समस्या समाधन गरेर अघि बढ्ने प्रतिबद्वता पनि जनाए।
उनले सञ्चारमाध्यममा आउने कुराहरूका पछाडि नलाग्न र त्यसमा विश्वास नगर्न पनि कार्यकर्तासँग आग्रह गरेका छन् ।
’’पार्टीमा विवाद, बहस हुन्छ। आजभोलि के भइरहेको हो यो भन्ने तपाईहरूलाई लाग्छ होला’’, दाहालले भने, ’’मिडियामा आएको विषयमा तपाईं पछाडि नलाग्नुहोला। जे जस्ता समस्या छन् ती सबै हामी समाधान गरेर अघि बढ्छौं। एकता प्रक्रियालाई सुदृढिकरण गर्नेतर्फ अघि बढेका छौं।’’
पछिल्लो समय नेकपा पार्टी भित्र केही समस्या देखिएको छ । यहि समस्याका कारण यति बेला नेकपामा बसह चलीरहेको छ । यति सम्मकी केहि नेताले त प्रधानमन्त्रीको राजिनामा दिन समेत भनिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्