यसरी गर्यो भारतले कोरोना संक्रमित पानी जहाजबाट नेपालीसहित १२४ को उद्धार
काठमाडौं , फागुन १५ । भारतले जापानको राजधानी टोकियोबाट कोरोना संक्रमित पानी जहाजमा रहेका नेपालीसहित १ सय २४ जनाको उद्धार गरेको छ ।
भारत सरकारले बुधबार कोरोना भाइरस संक्रमण देखिएको डायमन्ड प्रिन्सेस क्रुजमा रहेका आफ्ना नागरिकहरुको उद्धारका लागि पठाएको एअर इण्डियाको विशेष विमानले सबै नागरिकलाई बिहीबार बिहान नयाँ दिल्ली ल्याएको हो। उनीहरु सबैलाई १४ दिनसम्म हरियाणाको भारतीय सेनाको मानेसरमा रहेको संगरोध सुविधा केन्द्र पठाइएको छ।
जापानबाट भारतीय नागरिकसहित नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिका र पेरुका नागरिकको पनि उद्धार गरिएको भारतीय विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत जानकारी दिए । उनकाअनुसार उद्धार गरेर दिल्ली ल्याइएका यात्रुहरुमध्ये ११९ जना भारतीय र पाँच जना विदेशी नागरिक छन्।






















प्रतिक्रिया दिनुहोस्