अन्धाधुन्ध गोली प्रहार, पाँचजनाको मृत्यु

काठमाडौं, फागुन १५ । एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा पाँचजनाको मृत्यु भएको छ ।अमेरिकाको विस्कन्सिन राज्यको मिल्वाकीमा ति व्यक्तिले गोली चलाएका हुन् ।

मिल्वाकीमा रहेको मोल्सन कूर्स कम्पनी परिसरमा गोली प्रहार गरेका थिए । आफैलाई गोली प्रहार गर्दा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली प्रहारका क्रममा कम्पनीका कर्मचारीहरुबीच भागदौड मच्चिएको थियो ।

आक्रमणकारी ५१ वर्षका स्थानीय रहेको प्रहरीले जनाएको छ । घटना लगत्तै सो क्षेत्रका शिक्षण संस्था बन्द गरी अनुसन्धान थालिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्