सरस्वतीका कप्तानमाथि दुई वर्षको प्रतिबन्ध, कारण यस्तो रहेछ
काठमाडौं, फागुन १४ । सरस्वतीका कप्तानमाथि दुई वर्षको प्रतिबन्ध लगाएको छ । अखिल नेपाल फुटबल (एन्फा) ले सरस्वती क्लबका कप्तान दिपेश श्रेष्ठलाई दुई वर्षको प्रतिबन्ध लगाएको हो ।
एन्फाले मंगलबारदेखि लागु हुने गरी दिपेशलाई एन्फाद्वारा आयोजना हुने वा एन्फाको स्वीकृतिमा संचालन हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय फुटबल खेल खेल्नका प्रतिबन्ध लगाएको हो। यो सँगै अब उनले कुने पनि खेलमा सहभागीता जनाउन पाउने छैनन् ।
दिपेशले सिजनको सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत हिमालयन शेर्पा्विरुद्धको खेलमा अनुशासनहिन व्यबहार गरेकाले प्रतिबन्ध लगाएको एन्फाले जनाएको छ। साथै एन्फाको अनुशासन समितिको बैठकले उनलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने पनि निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस्