कोरोनाबाट फ्रान्समा एकजनाको मृत्यु

काठमाडौं, फागुन १४ । कोरोना भाइरसबाट फ्रान्समा एक जनाको मृत्यु भएको छ । चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरस अर्थात कोभिड १९ अहिले विभन्न मुलुकमा फैलीदैं गएको छ ।

भाइरसबाट फ्रान्समा ६० वर्षीय वृद्धको मृत्यु भएको फ्रान्सेली स्वास्थ्य प्राधिकरणका निर्देशक जेरोमी सालोमोनले बुधबार जानकारी दिएका छन् । ती वृद्धको पिटाइ सालपेट्री अस्पतालमा मृत्यु भएको हो ।

त्यसैगरी अन्य दुई जनामा पनि कोरोनाको संक्रमण भेटिएको छ । जसमा एकजना ५५ वर्षीय र अर्का ३६ वर्षीय फ्रान्सेली नागरिक भएको बताइएको छ । ५५ वर्षीय फ्रान्सेली नागरिकको अमेन्स अस्पतालमा उपचार भक्षरहेको छ ।

उनको अवस्था गम्भीर रहेको सालोमोनले बताएका छन् । इटालीमा अहिलेसम्म २५० कोरोना संक्रमित भएको पाइएको छ । उता चनिमा यसले निकै उग्र रुपमा लिएको छ । चीनमा यस भाइरसबाट अहिले सामना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्