ग्लोबल आईएमई बैंकद्वारा निक्षेप विमा वापतको चेक हस्तान्तरण

काठमाडौं, फागुन १४ ।ग्लोबल आईएमई बैंकले निक्षेप विमा वापतको चेक हस्तान्तरण गरेको छ ।बल आईएमई बैंक लिमिटेडका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले स्व. राजु गिरीको परिवारलाई विमा वापतको रकम हस्तान्तरण गरेका हुन् ।

लिमिटेडेको पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका स्व. राजु गिरीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा विमितले पाउने रकम ५ लाख रुपैयाँ निजको परिवारलाई हस्तान्तरण गरेको हो ।

ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले २७० शाखा, ३७ राजस्व संकलन तथा एक्सटेन्सन काउन्टर, २५६ एटीएम तथा २४९ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय मार्पmत १९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्