सिरियामा सेनाको हवाई कारवाही, २० सर्वसाधारणको मृत्यु

काठमाडौं , फागुन १४ । सिरियामा सेनावको हवाई कारवाहीमा २० सर्वसाधारणको मृत्यु भएको छ । रुसी वायुसेनाको सहयोगमा सिरियाली सेनाले मुलुकको इडलिब प्रान्तमा विद्यालय तथा अस्पताल लक्षित हवाई आक्रमण गर्दा ट कम्तीमा २० सर्वसाधारण मारिएका हुन् ।

आक्रमणबाट दर्जनौं घाइते भएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मारिनेमा एक विद्यार्थी र अरु तीन शिक्षक समेत छन् ।मंगलबार सिरियाली विद्रोहीको नियन्त्रणमा रहेको इडलिब प्रान्तमा सिरियाली सेनाले हवाई आक्रमण गरेको हो ।

सिरियाली सेनाले इडलिब प्रान्तको राजधानी इडलिब शहर र त्यसआसपासका बस्तीमा व्यापक हवाई आक्रमण गरेको सिरियाली युद्धको अनुगमन गरिरहेको संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

यता , इडलिब शहरबाट उत्तरमा रहेको मरात मिस्रिन शहरमा गराइएको हवाई आक्रमणमा १० सर्वसाधारण मारिएका छन् ।त्यसबाहेक बिन्निस शहरमा गराइएको हवाई कारवाहीमा आमा र दुई बच्चासहित ४ जनाको ज्यान गएको राइट्सका प्रमुख रामी अब्देलरहमानले जनाएका छन् ।

पछिल्लो समय सिरियाली सेना र विद्रोही पक्षबीच इडलिब प्रान्तका विभिन्न मोर्चामा व्यापक भीडन्त भइरहेको छ । यस भिड्न्तमा कयौंले अकालमै ज्यान गुमाउन परेको छ । कायौं घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्