सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ८० हजार नाघ्यो

काठमाडौं, फागुन १२ । सुनको मूल्य लगातार बढिरहेको छ । केही दिन यता लगातार बढिरहेको सुनको मूल्य आज तोलाको ८० हजार कटेको छ ।

यो अहिलेसम्मकै सबैभन्दा महंगो हो । सुनको भाउ तोलाको ८० हजार नाघेको हो ।

आज (सोमबार) तोलामा १५ सय रुपैयाँ बढेर छापावाल सुन ८० हजार ३ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य ८० हजार पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ ।

चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकासिएको हो ।

प्रतिक्रिया दिनुहोस्