सिटिजन्स बैंकका ग्राहकलाई अब सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीमा विशेष छुट
काठमाडौं, फागुन ११ । सिटिजन्स बैंकका ग्राहकलाई अब सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीमा विशेष छुट पाउने भएका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटी बीच बैंकका ग्राहक महानुभावहरुलाई बिभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिटरक्रेडिटरप्रिभिलेज कार्डवाहक ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप एण्ड हसपिटालिटीको देशैभरी रहेका होटेल, क्याफे तथा रिसोर्टहरुमा सेवा लिंदा विशेष छुट पाउँनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्