.एमसीसी संशोधनबिना अनुमोदन हुँदैन : प्रचण्ड

काठमाडौं , फागुन ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) संशोधन र परिमार्जन बिना अनुमोदन हुन नसक्ने स्पस्ट पारेका छन् ।

आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले एमसीसीबारे पार्टी केन्द्रीय समिति बैठकको सुझाव अनुसार पार्टीमा गठन गरेको कार्यदलको प्रतिवेदन सचिवालय बैठकमा छलफल भएको भन्दै त्यसबारे अब संशोधन र परिमार्जन नगरी अनुमोदन हुनसक्ने अवस्था नरहेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्