प्रचण्डले भने- गोकुल बाँस्कोटालाई छुट दिइँदैन, कारबाहीको कठघरामा ल्याइन्छ

काठमाडौं, फागुन १० । । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष  प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने स्पष्ट पारेका छन् ।

शनिबार चितवनमा आयोजित प्राकृतिक चिकित्सालय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले कसैले गल्ती गरेको छ भने उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारे ।

सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदमा ७० करोड बढी कमिसन बार्गे्निङ गरेको आरोप लागेका गोकुल बाँस्कोटा प्रकरणलाई संकेत गर्दै उनले भने, ‘अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । कोही पनि गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौ । म अहिले यतिमात्रै भन्न चाहन्छु ।’

प्रचण्डले भ्रष्टाचार नियन्त्रणलगायतका सवालमा पार्टी्भित्र गम्भीर छलफल हुने जानकारी दिँदै यससहित एमसीसीको विषयमा छलफल गर्न शनिबार अपरान्ह सचिवालय बैठक बोलाइएको बताए ।

उनले भने, ‘भ्रष्टाचारसँग सम्बन्धित विषयमा अझ अनुसन्धान गहिर्याउनु पर्ने र दोषीलाई कारबाहीको कठघरासम्म पुर्याउनै पर्ने र एउटा नयाँ युगतिर देशलाई लैजानका निम्ति निकै कठोर कदम चाल्नैपर्ने आवश्यकताबारे बैठकमा बहस हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्