दिदीबहिनी कपको उपाधि एपीएफले जित्यो
काठमाडौं, फागुन १० । चौथो संस्करणको दिदीबहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लवले जितेको छ ।
पर्वतको कुश्मामा शनिबार भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफले नेपाल पुलिस क्लवलाई ३–१ को सेटमा पराजित गर्दै लगातार चौथो पटक उपाधिमाथि कब्जा जमाएको हो।
उपाधिसँगै एपीएफले २ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको पुलिसले १ लाख रुपैयाँ पाएको छ। यस्ते तेस्रो बनेको न्यु डायमण्डले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । वर्षाका कारण शुक्रबार स्थगित भएका दुवै खेल आज खेलाइएको हो ।
प्रतिक्रिया दिनुहोस्