स्वावलम्बन लघुवित्तको अर्धबार्षिक समीक्षा गोष्ठी सम्पन्न
काठमाडौं, फागुन ९ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले अर्धबार्षिक समिक्षा गोष्ठी मोरङ जिल्ला स्थित सुन्दर हरैचामा फागुन ७ र ८ गते सम्पन्न गरेको छ । संस्थाले प्रदेश नं. १ र २ का कार्यालय प्रमुखहरुको सहभागीतामा चालु आ.व.२०७६÷७७ को अर्धबार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको हो ।
गोष्ठीमा संस्थाका संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठ, संचालक राम प्रसाद पाण्डे, प्रमुख कार्यकारी अधिकृत भोज राज बस्याल, नायब महाप्रवन्धक चन्द्रकान्त काफ्ले, नायव विभागीय प्रमुख राजन प्रसाद भट्टराई, इलाका प्रवन्धकहरु र शाखा कार्यालयका प्रमुखहरुको सहभागीता रहेको थियो ।
गोष्ठीमा चालु आ.ब.को दोश्रो त्रैमासको प्रगति समिक्षा, लक्ष्य पुरा गर्न लिनुपर्ने आगामी रणनीति कार्यक्रमको गुणस्तर सुधार, सदस्यको सुरक्षण तथा सम्बन्ध सुधार विषयमा छलफल भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संचालक समितिका अध्यक्ष श्रेष्ठले सकारात्मक साेंचका साथ कार्य गरेमा सफलता प्राप्त हुने बताउनु भयो ।
गोष्ठीमा संचालक राम प्रसाद पाण्डेले कार्यक्रमलाई गुणात्मक बृद्धिका लागि कर्मचारीले लगनशीलताका साथ लक्ष्योन्मुख भई कार्य गर्न सुझाव दिनुभयो । प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले हालको प्रतिस्पर्धात्मक बजारमा वित्तीय संस्थाको बाँकी लक्ष्य पुरा गर्न कर्मचारी बीच छलफल गरी रणनीति बनाई अगाडी बढ्नुपर्ने बताउनुभयो ।
गोष्ठीले १६ बुँदे घोषणा पत्र जारी गर्दै गुणात्मक लघुवित्त सेवा प्रवाहका लागि कर्मचारीको क्षमता अभिबृद्धि, सामाजिक कृयाकलाप तथा ग्राहक संरक्षणका कार्य गर्ने र धेरै संस्थामा बसी क्षमता भन्दा बढी कर्जा लिने कार्य तथा कर्जाको दोहोरोपनालाई न्यूनिकरण गर्न अभिभावक भेला, वित्तिय साक्षरता तथा अन्तरक्रिया जस्ता कार्यक्रम आयोजना गर्ने प्रेस विज्ञप्तीमा जनाइएको छ ।
गोष्ठीमा इलाका कार्यालय विर्तामोड, इटहरी, लहान, बीरगंज अन्र्तगतका ३२ जना कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्