कोरोना भाइरस : चीनमा ज्यान गुमाउनेको संख्या २ हजार २७६ पुग्यो

काठमाण्डौ, फागुन ९ । चीनमा  कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २ सय ७६ पुगेको छ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा २ सय ७ जनाले ज्यान गुमाएको बीबीसीले जनाएको छ ।

चीन बाहिर अहिलेसम्म ६ जनाले ज्यान गुमाईसकेका छन् । चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७५ हजार ६ सय पुगेको छ ।

चीन बाहिरका विभिन्न देशमा गरी एक हजारभन्दा धेरै मानिसमा संक्रमण भएको समाचार संस्था सीएनएनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्