नेपाल एपीएफ स्कुल कपको उपाधि नेपाल पुलिस स्कुललाई

काठमाडौं, फागुन ८ । नेपाल एपीएफ स्कुल कपको उपाधि नेपाल पुलिस स्कुलले जितेको छ । नेपाल पुलिस स्कुलले ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुरलाई २—१ गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएएको हो ।

कार्यक्रममा विशेष अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रीमान् बंशीराज दाहालले रेफ्रीहरु तथा विजेता खेलाडीहरुलाई प्रमाण पत्र, मेडल तथा ट्रफी प्रधान गर्नु भयो । आज ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुर र नेपाल पुलिस स्कुल साँगा बिच भएको फाईनल खेल भएको थियो । यसै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवं मानवश्रोत विभाग प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान् रामशरण पौडेलूको प्रमुख आतिथ्यमा खेले सम्पन्न भएको हो ।

प्रतियोगितामा उपविजेता हुन सफल ग्रिन भिलेज एजुकेशन फाउण्डेशनका खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ । NIC ASIA Bank का सहायक कार्यकारी निर्देशक सुधिरनाथ पाण्डेले वितरण गरेका हुन् ।

सोही अवसरमा सहायक कार्यकारी निर्देशकले नेपाल एपीएफ स्कुलका छात्राहरुलाई उपयोगी हुने सेनेटरी प्याड डिस्पोजल मेशिन विद्यालयका प्रधानाचार्य युवराज पराजुलीलाई हस्तान्तरण गरेका थिए ।

सोही अवसरमा अखिल नेपाल महिला फुटबल समितिकी अध्यक्ष श्रीमती पेमा डोल्मा लामाले सम्पूर्ण सहभागी टिमहरुलाई सहभागीताको प्रमाण पत्र वितरण गर्नु भयो ।

प्रतियोगितामा अखिल नेपाल फुटबल महासंघका उपाध्यक्ष श्री उपेन्द्रमान सिंहज्यूबाट तृतीय स्थान हासिल गर्ने ल्याब्रोटरी मा.वि.का खेलाडीहरुलाई प्रमाण पत्र तथा मेडल प्रदान गर्नुभयो ।

यस खेलमा उत्कृष्ट गोल रक्षक नेपाल पुलिस स्कुलका इसान श्रेष्ठ घोसित हुनुभएको थियो भने सोही स्कुलका सन्देश तामाङ्ग सर्वाधिक गोल कर्ता र सोदिन अवाल उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए । त्यस्तै साल्भिनिया एकेडेमी, कीर्तिपुर अनुशासित खेलाडी समुह बन्न सफल भएको थियो । उत्कृष्ट खेलाडीहरुलाई राष्ट्रिय फुटबल प्रशिक्षक द्धय साबित्रा भण्डारी र अनिता बस्नेतले संयुक्त रुपमा ट्रफी तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्