एमसिसीका विषयमा दलभित्रै चर्को विरोध, कार्यदलले शुक्रबार प्रतिवेदन बुझाउने

काठमाडौं, फागुन ८ । एमसिसीका विषयमा सत्तारुढ दलभित्र चर्को विरोध अहिले पनि भइरहेको छ । नेकपामा मात्रै होइन अन्य दलले पनि यसमा असहमति जनाएका छन् । एमसिसीका विषयमा सत्तारुढ दलभित्रै चर्को विरोध भएपछि केन्द्रीर्य समिति बैठकले अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले शुक्रबार अन्तिम प्रतिवेदन बुझाउने भएको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले गठन गरेको कार्यदलले शुक्रबार एमसिसीको प्रतिवेदन बुझाउने भएको हो।

कार्यदलका सदस्य भीम रावलले अध्ययन अन्तिम चरणमा पुगेको र प्रतिवेदन बुझाउने विषयमा आज टुंगो लाग्ने बताए। बिहीबारको बैठकमा प्रतिवेदन अगाडी बढाउने विषयमा छलफल भएको बताएक छन्।

केन्द्रीर्य समिति बैठकले अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार गठन भएको कार्यदलले एमसिसीका विषयमा अध्ययन गरिहको छ। कार्यदलमा रावलसँगै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र झलनाथ खनाल सदस्य रहेका छन्।

यसअघि हिजो परराष्ट्रमन्त्री ज्ञवालीले कार्यदलले सुझावसहितको प्रतिवेदन पेश गर्ने तर संसदबाट पारित गर्ने नगर्ने भन्ने विषयमा कुनै निर्णय नगर्ने बताएका थिए।

अझै पनि यको विषमा चर्को आलोचना भइरहेको छ भने सबैले आ आफ्नो धारणा राखिरहेका छन् । यो जनता र देशको हितमा रहेको कतिपय नेताहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्