सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोक्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं , फागुन ८ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले अर्को निर्णय नभएसम्मका सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो ।सेक्युरिटी प्रेस खरिद प्रक्रियाका बारेमा सार्वजनिक भएको अडियोका बारेमा पछि छानबिन हुने समितिले बताएको छ ।

समितिको बैठकले सेक्युरिटी प्रेस खरिदबारे छलफल गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बोलाइएको थियो ।

राजधानी बाहिर रहेकाले बाँस्कोटा समितिको बैठकमा उपस्थित भएनन् । मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको क्रममा ७५ करोड रुपैयाँ घुस लिन एक जना व्यापारीसँग कुरा अघि बढाएको अडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्