कोरोना भाइरस : चीनमा मृत्यु हुनेको सङ्ख्या २ हजार भन्दा बढी पुग्यो

काठमाडौं, फागुन ७ । पछिलो समय चिन कोरोना भाइरस सँगै लडिरहेको छ । यस भाइरसको सङ्क्रमणबाट चीनमा मृत्यु हुनेको सङ्ख्या दुई हजार भन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन् ।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै दिनमा करिब १०० व्यक्तिको मृत्यु हुने गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनााएका थिए । केही दिनमा यतादेखि यो घटना क्रम जारी रहेको थियो ।तर मङ्गलबार भने एकै दिनमा यस भाइरसको सङ्क्रमणका कारण १३६ जनाको मृत्यु भएको एपी समाचार समितिले बुधबार जनाएको छ ।

मङ्गलबार प्राप्त एक समाचारका अनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ४ जना पुग्नुको साथै ७४ हजार १८५ व्यक्ति सङ्क्रमित भएका छन् ।

चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले सोमबार दिएको एक जानकारीअनुसार यस रोगको शुरुवाती घटनाको अध्ययन गर्दा यस भाइरसको थप सङ्क्रमणको सङ्ख्या यस महिनाको शुरुबाट ८० प्रतिशतले घटेको छ ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रियसले सोमबार भएको एक पत्रकार सम्मेलनमा प्रकोपको स्पष्ट तस्वीर दिएको बताएका छन् । भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् ।

प्रतिक्रिया दिनुहोस्