दुई साना बिमान आकाशमै एकआपसमा ठोक्किए , चार जनाको मृत्यु

काठमाडौं, फागुन ७ । आकाशमै एकआपसमा दुई साना बिमान ठोक्किदा ४ जनाको ज्यान गएको छ ।

अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको हो ।

प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई बिमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए ।

दुबै बिमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भैरहेको अधिकारीहरुले बताएका छन् । यहाँ त्यस्ता घटना थुर्पै हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्