स्वास्थ्यमन्त्री ढकालद्धारा खरिपाटी क्वोरेण्टाइनको निरीक्षण, सबै नोपाली पूर्णरुपले स्वस्थ छन् : चिकित्सक
काठमाण्डौ , फागुन ६ । चीनको उहानबाट आइतबार बिहान सरकारले उद्धार गरेर ल्याएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको आज तीन दिन बितेको छ ।
तिनदिन बितिरहँदा त्यहाँ चिकित्सकको टोली पनि पुगीरहेको छ । यसैबीच चिकित्सक टोलीका प्रमुख नेपाली सेनाका मेजर डाक्टर नवीन फुयाँलले क्वारेन्टाइनमा रहेका सबै १ सय ७५ जना नेपाली हालसम्म पूर्णरुपले स्वस्थ रहेको जानकारी दिएका छन् । उनीहरुको २४ घण्टामा दुई पटक बिहान र बेलुका शरीरको तापक्रम नाप्नुका साथै आवश्यक निगरानी गर्ने गरिएको छ ।
डाक्टर फुयाँलले भने ज्वरो आएमा आफै वा साथीले पनि खबर गर्ने व्यवस्था गरिएको छ । ‘हामी आफैपनि तीन चार पटक सोध्ने गछौं, आजसम्म कसैलाई त्यस्तो देखिएको छैन’ क्वारेन्टाइनभित्र बस्नेलाई बसेको कोठा आफै सफा गर्न लगाइएको छ भने सरसफाइको उचित प्रबन्ध समेत गरिएको छ । पानी तथा खानाको जाँच एवम् निगरानी पनि भइरहको छ ।
एक कोठामा कम्तीमा एक अर्को बेडको एक मिटरको फरकमा दुईदेखि तीनवटा बेड रहने गरी कोठाको व्यवस्थापन गरिएको छ । जहाँ ३ जनासम्म बस्ने छन् ।यता आजै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि भक्तपुरको खरिपाटी क्वोरेण्टाइनको निरीक्षण गरेका छन् । क्वारेन्टाइन व्यवस्थापनका सम्बन्धमा स्वास्थ्यमन्त्री ढकालले प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसहित अरु सुरक्षाकर्मीसँग ब्रिफिङ लिएका हुन् ।
क्वारेण्टाइन व्यवस्थापनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी गरी २ सय ५० जनाको टोली अहोरात्र खटिरहेका छन्। कन्ट्रोल रुमबाट सम्बोधन गर्दै उद्दार गरिएका नेपालीलाई उनले सरकार आफ्ना नागरिकप्रति सचेत र जिम्मेवार रहेको बताउँदै सरकार सधै नागरिकको साथमा रहेको बताए ।
स्वास्थ्यमन्त्री ढकालले क्वारेन्टाइनमा केही समस्या अप्ठ्यारो परे तुरुन्तै व्यवस्थापनमा जुटेका टोलीलाई जानकारी गराउन समते आग्रह गरे ।














प्रतिक्रिया दिनुहोस्