महराले सफाइ पाएको बारे संसदलाई जानकारी, संसद जाने बाटो खुल्यो

काठमाडौं, फागुन ६ । पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाए सँगै अब संसदमा जाने बाटो खुलेको छ । बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) मुद्दामा उनले हिजो मात्रै सफाइ पाएका हुन् । उनले सफाइ पाएको विषय संसदमा जानकारी गराइएको छ ।

जनाकारी गराएसँगै अब महराले सांसदको रुपमा संसदका बैठकमा सहभागी हुने तथा कार्य गर्ने बाटो खुलेको हो ।सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका सदस्य महराले जबरजस्ती करणी उद्योगको मुद्दाबाट सफाइ पाई थुनामुक्त भएको व्यहोरा संसदमा जानकारी गराएका छन् ।

सभामुख सापकोटाले मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा महरा थुनामुक्त भएको जानकारी गाएका हुन् ।

प्रतिनिधि सभाका तत्कालीन सभामुख महरा संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको अभियोगमा गत असोज १९ गते पक्राउ महारा परेका थिए ।काठमाडौं जिल्ला अदालतको आदेशानुसार मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका महराले सोमबार अभियोगबाट सफाइ पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्