सिटिजन्स बैंकद्वारा बालबालिकालाई सहयोग

काठमाडौं, फागुन ६ । सिटिजन्स इन्टरनेसल बैंकले बालबालिकालाई सहयोग गरेको छ । डोल्पामा रहेको उक्त बैंकले ५० हजार रकम सहयोग गरेको हो ।

बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत मुकुटेश्वर अपांग सेवा समिति डोल्पाका २० जना फरक क्षमता भएको बालबालिका र बाल मन्दिर आधारभूत विद्यालयका १० जना बहिरा बालबालिकालाई ५० हजारको चेक हस्तान्त्रण गरेको बैंकले जनाएको छ ।

त्यसैगरी सदरमुकाममै रहेको सरस्वती माध्यामिक विद्यालयका बालबालिकालाई पनि ५० हजारको चेक हस्तान्त्रण गरेको सिटिजन्स इन्टरनेसल बैंकको शाखाका प्रबन्धक नबिन बोहोराले जनाकारी दिए ।

बैंकले हस्तान्तरण गरेको रकमबाट अपांग बालबालिकालाई आवश्यक सामान किनिदिने मुकुटेश्वर अपांग सेवा समितिका अध्यक्ष चन्द्रबहादुर रोकायाले जानकारी दिए । साथै बैंकको यो सहयोगले बालबालिकालाई केहि हद सम्म भए पनि सहयोग पुगने भएको छ ।

प्रतिक्रिया दिनुहोस्