सिभिल बैंकको १०९औं शाखा नवलपरासीको सुनवलमा

काठमाडौं, फागुन ४ । सिभिल बैंकले नवलपरासी जिल्लाको सुनवलमा आफ्नो १०९औं शाखा विस्ता गरि संचालनमा ल्याएको छ।

एक कार्यक्रमकाबीच सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले संयुक्त रुपमा उक्त शाखाको उद्धघाटन गरेका छन् ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाशेश्वर शिवालय मन्दिरमा संचालित जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमको सहयोगार्थ एकथान फ्रिज प्रदान गरिएको छ।

सो फ्रिज सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगानाद्वारा श्री कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाका अध्यक्ष गोपाल प्रसाद आचार्यलाई प्रदान गरिएको हो।

यो सँगै सिभिल बैंकको हालसम्म १४ शाखा तथा नेपालभर कुल शाखा संख्या १०९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्