सुर्य लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा गयिका इन्दिरा जोशी

काठमाडौं । गायिका तथा लोकप्रिय टेलिभिजन शो नेपाल आइडलकी जज इन्दिरा जोशी ब्राण्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छीन् ।

माघ २८ गते काठमाडौंको होटर्ल याडिशनमा उनले कम्पनीसँगको सम्झौतामा हस्ताक्षर गरेसँगै यसमा आवद्ध भएकी हुन् । उनलाई सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट एमडीआरटीका विजेता अभिकर्ताहरू सहित कम्पनीका सीईओ र अध्यक्ष लगायत कम्पनी बोर्डको निर्देशकहरुले स्वागत गरेका थिए ।

कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले नयाँ ब्राण्ड एम्बेसडर पाएकोमा खुशी व्यक्त गर्दै यसले कम्पनीलाई नयाँ दिशामा अघि बढाउने बताए । उनले भने , ’जोशी र हामी सबै मिलेर नयाँ अवसरको खोजी र चुनौतीको सामना गर्दै सबै उमेर, समुह र क्षेत्रका मानिसको बीमा गराउन सक्छौं भन्ने
मलाई लाग्छ ।’

कम्पनीका सीईओ शिवनाथ पाण्डेले ब्राण्ड एम्बेसडरको सहयोगमा कसरी ग्राहकसँग जोडिन र उनीहरुलाई प्रभावकारी सेवा दिन सकिन्छ भन्ने विषयमा चर्चा गरेका थिए । ’उहाँको प्रभाव ग्राहकलाई बीमाको लागि प्रेरित गर्न र जीवन बीमाको विषयमा धेरै सचेतना आवश्यक रहेका मानिसलाई पनि जीवन बीमाकोविषयमा जानकारी दिन निकै महत्वपूर्ण छ ।’ उनले भने ।

यसैबीच सूर्या लाइफको ब्राण्ड एम्बेसडर बनेसँगै जोशीले भनीन्, ’म यस कम्पनीको ब्राण्ड एम्बेसडर बन्न पाउँदा निकै उत्साहित र गौरवको महशुस गरिरहेको छु ।’ ब्राण्ड एम्बेसडर बनेसँगै जीवन बीमाको विषयमा सचेतना र शिक्षा फैलाउनमा जोशीको महत्वपूर्ण भूमिका हुनेछ ।

प्रतिक्रिया दिनुहोस्