चीनको वुहानमा रहेका नेपालीलाई लिन उड्यो जहाज
काठमाडौं, फागुन ३ । चीनको वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइडबडी जहाज वुहान उडेको छ।
शनिबार अपरान्ह ४ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट जहाज चीनको वुहानको लागि प्रस्थान गरेको हो।कोरोनाभाइरसको उद्गमस्थल वुहानबाट नेपालीलाई लिएर जहाज आइतबार बिहान सवा दुई बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।
जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एकरएक जना इन्जिनियर र लोडमास्टर छन्।चीनस्थित नेपाली दूतावासले हुबेई प्रान्तमा रहेका नेपालीहरूलाई स्वदेश पठाउन राजधानी वुहानमा भेला गरिसकेको छ।
नेपाल उड्नुअघि वुहानमा पनि सबैको स्वास्थ्य परीक्षण गरिनेछ। परीक्षणको क्रममा कसैलाई कोरोनाभाइरको लक्षण देखिए उतै क्वारेन्टाइनमा राखिनेछ।
नेपालीलाई वुहानबाट उद्दार गरेर काठमाडौं ओरालेपछि सिधैं क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र भवनमा लगिनेछ।
जहाजमा रहेका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका(६, नगरकोटस्थित खानेपानीको तालिम केन्द्रमा राखिनेछ।














प्रतिक्रिया दिनुहोस्