सर्वोच्चले माग्यो -माधव नेपाल, बाबुराम भट्टराई र अख्तियारसँग लिखित जवाफ

काठमाडौं, फागुन २ । सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा तत्कालनी प्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई मुद्दा नलगाउनुको कारण माग गरेको छ। शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले यस्तो आदेश दिएको हो।

सर्वोच्चले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नेपाल र डा.भट्टराईमाथि मुद्दा नलगाउनुको कारणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको छ। त्यस्तै, नेपाल र डा.भट्टराईलाई पनि लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

सर्वोच्चको आदेशमा अख्तियारसहित नेपाल र भट्टराईलाई पनि १५ दिनको समय दिइएको छ।

अख्तियारले बालुवाटार जग्गा प्रकरणमा तत्कालनी मन्त्रीहरुलाई मुद्दा लगाएको भएपनि तत्कालीन प्रधानमन्त्री नेपाल र डा.भट्टराईलाई नीतिगत निर्णय भन्दै पन्छिएको थियो। त्यसका विरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्चमा रिट दायर गरेका थिए।

यो मुद्दालाई सर्वाेच्च अदालतले अग्राधिकार दिएको छ।

प्रतिक्रिया दिनुहोस्