कोरोनाको प्रकोप: ज्यान गुमाउनेको संख्या १४ सय ८६ पुग्यो, ६५ हजार बढी संक्रमित
काठमाडौँ , फागुन २ । चीनमा माहामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ हजार ४ सय ८६ पुगेको छ ।कोरोनाको संक्रमणबाट ६५ हजार १ सय ९१ जना संक्रमित भएका छन् । बिहीबार हुबेई प्रान्तमा थप १ सय १० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८६ पुगेको सीएनएनले जनाएको छ ।
कोरोनाको संक्रमणका कारण चीनबाहेक हङकङ, फिलिपिन्स र जापानमा एक(एक जनाको मृत्यु भएको छ ।हुवेइमा मात्र कोरोना संक्रमित ३६ हजार ७ सय १९ जना अस्पताल भर्ना भएका छन् । जसमध्य १ हजार ६ सय ८५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
कोरोना भाइरसबारे अनुसन्धानमा जुटेका वैज्ञानिकहरुका अनुसार यस भाइरसले २.२ जना व्यक्तिलाई संक्रमति गराइरहेको छ ।अन्य भाइरसको अनुपात भने १.३ रहेको उनीहरुले बताएका छन् । हालसम्म यस भाइरस नियन्त्रण गर्ने भ्याक्सिन पत्ता लागेको छैन । यो भाइरस ३० वटा भन्दा बढी देशमा फैलिइरहेको छ ।
कोरोनाको भाइरसको उद्गम मानिएको चीनको वुहान क्षेत्र सवैभन्दा बढी प्रभावित बनेको छ ।
प्रतिक्रिया दिनुहोस्