मेलम्ची आयोजनाको ९४ प्रतिशत काम सम्पन्न, असार भित्रै काठमाडौंमा पानी झार्ने सरकारको घोषणा

काठमाडौं, फागुन १ । नेपालको राजधानी काठमाडौंमा पानिको निकै ठुलो समस्या रहेको छ । काठमाडौंमा बस्नेहरुले पानि नै नपाउने गरेको गुनासो गर्छन । पानि नहुँदा यहा बस्नेलाई निर्कै समस्या हुन्छ यसको समाधानका लागि सरकारले मेलम्चीको पानि आउने आश्वाशन आज मात्र दिएको होइन वर्षो भइसक्यो तर त्यो पानि काठमाडौंका बासिन्दाको घरमा पुग्न सकेको छैन ।

यसैबीच सरकारले आगामी असार महिनासम्म मेलम्चीको पानी काठमाडौं झार्ने घोषणा गरेको छ । मलेम्ची आयोजनाबारे बिहीबार स्वेतपत्र जारी गर्दै खानेपानी मन्त्री बिना मगरले चालू आर्थिक वर्ष २०७६र७७ भित्र मेलम्चीदेखि सुन्दरीजलसम्मको शुरुङ परीक्षण गरी सञ्चालनमा ल्याइने घोषणा गरेकी हुन् ।मन्त्री मगरले जारी गरेको स्वेतपत्रमा मलेम्ची आयोजनामा हाल सञ्चालनमा रहेकामध्ये ७ वटा कामहरु चालू आर्थिक वर्ष्भित्रै सक्ने लक्ष्य लिइएको छ ।

स्वेतपत्रमा कफरड्याम निर्माण तथा वैलल्पिक पाइप डाइभर्सन सञ्चालन, १४ वटा गेट जडान, मुख्य शुरुङको फिनिसिङ गर्ने भनिएको छ । यस्तै, भेन्ट स्वाफ्ट जडान, अडिट शुरुङमा अनुगमन उपकरण जडान गर्ने, सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बाग्मती नदीसम्मको कार्य गर्ने र शुरुङको परीक्षण तथा सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।

यस्तै, बाँकी रहने ८ वटा कार्यहरु आगामी आर्थिक वर्ष २०७७र७८ मा सक्ने लक्ष्य लिइएको छ । आगामी आर्थिक वर्षमा कफरड्याम निर्माण सँगै बाँधको निर्माण, इन्टेक तथा पुलको निर्माण, अडिट शुरुङको फिनिसिङ, हेडवक्र्समा अनुगमन उपकरण जडान, हाइड्रो–मेकानिकल जडान, हेडवक्र्सको परीक्षण र हेवक्र्ससहित शुरुङलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ ।

मुख्य शुरुङसहित मेलम्चीमा हेडवक्र्स निर्माणको ठेक्का पाएको इटालिएन कम्पनी सीएमसीले बीचमै ठेक्का तोडेपछि आयोजना निर्माणमा अन्यौलता बढेको थियो । तर, सरकारले गत असोजमा चीनको सिनो हाइड्रोसँग निर्माण सम्झौता गरी काम शुरु गरिएको थियो ।सिनो हाइड्रोसँगको ठेक्का सम्झौतामा १ वर्ष्भित्र निर्माण कार्य सम्पन्न गर्ने भनिएको थियो ।

मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्ची आयोजनामा हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । उनका अनुसार आयोजनामा हालसम्म २७ अर्ब ९४ करोड रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्