समिक्षा तथा अन्तरकृया गोष्ठि कार्यक्रम सम्पन्न
काठमाडौं, फागुन १ । नेशनल माइक्रो फाइनान्स वित्तिय संस्था लि.लेखा शाखा प्रमुख र शाखाको अन्य कर्मचारीहरुको १ दिने समिक्षा तथा अन्तरकृया गोष्ठि कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाको प्रदेश नं ६ र ७अन्तर्गत रहेको शाखा कार्यालयहरुको शाखा प्रमुख र अन्य कर्मचारीहरुको सहभागिता रहेको समिक्षा तथा गोष्ठि कार्यक्रम नेपालगंज स्थित होटल स्नेहामा संचालन भएको थियो ।
अन्तरकृया कार्यक्रमको औपचारिक उदघाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले पानसमा दिप प्रजवल्लन गरि औपचारिक रुपमा उदघाटन गर्नु भएको थियो ।
समिक्षा तथा अन्तरकृया कार्यक्रममा संस्थाको शाखा प्रमुखहरु, सहायक कर्मचारीहरु विभागीय प्रमुखहरु बिजय घिमिरे र सिताराम पंडित सहित ५६ जनाकर्मचारीहरुको सहभागीता रहेको थियो ।
समिक्षा कार्यक्रममा शाखा कार्यालयहरुको चालु आ.व.को अर्धबार्षिक कार्यक्रम तथा बजेट अनुसार लक्ष्यको तुल्नामा प्रगतीको समिक्षा साथै शाखा कार्यालयहरुको समस्या तथा चुनौति र भावी रणनीतिको बारेमा छलफल गरिएको थियो । कार्यक्रमको संचालन विभागीय प्रमुख सिताराम पंडितले गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले उत्कृष्ठ कार्य सम्पादन गरेको शाखाको टिमलाई धन्यवाद ज्ञापन गर्दै अगामी दिनमा सबै शाखा कार्यालयहरुलाई लक्ष्य अनुसारको प्रगती हासिलगर्न शुभकामना दिदै १ दिने कार्यक्रमको औपचारिक रुपमा समापनगर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्