मेयरकप क्रिकेटः समूह‘बी’का खेलहरु हुदै

काठमाडौं ।वैतडीको दशरथचन्द नगरपालिकामा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज समूह‘बी’का दुई खेल हुने भएका छन् ।
बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा अहिले केहिबेरमा सुरुहुने पहिलो खेलमा दशरथचन्द नगरपालिकाको वडा नम्बर १ गुरुखोला र वडा नम्बर १० बाराकोट खेल्ने भएका छन् । यस्तै मध्यान्ह साढे १२ बजेपछि हुने दोस्रो खेलमा वडा नम्बर १ गुरुखोला र वडा नम्बर ४ खलंगाबिच प्रतिस्प्रर्धा हुने आयोजकले जनाएको छ ।
यसअघि हिजो सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा दशरथचन्द नगरपालिकाको वडा नम्बर ८ त्रिपुरालाई ६ विकेटले पराजित गर्दै वडा नम्बर २ देहिमाण्डौंले अन्तिम चारमा प्रवेश गरेको छ । शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ, नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको हो ।
टि ट्वान्टी फरम्याटमा भईरहेको प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र म्यान अफ द सिरीज १ जनालाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ । माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्