पानीजहाज स्टेसन बनाउन वनको जग्गा प्रयोग गर्न सरकारले दियो स्वीकृति
काठमाडौँ , फागुन १ । सरकारले नारायणी नदीमा सञ्चालन हुने क्रुज आयोजना (पर्या पर्यटनजन्य पानीजहाज आयोजना) का लागि आवश्यक रहेको क्रुज पोर्ट निर्माण गर्न जग्गा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को हालै सम्पन्न बैठकले क्रुज पोर्न निर्माण गर्न चितवनको भरतपुर महानगरपालिका १६ स्थित राष्ट्रिय बन क्षेत्रको कूल एक हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको हो ।बैठकले नेपाल नर्सिङ परिषद्को सदस्यमा काभ्रेकी भारती भेटुवाललाई नियुक्त गरेको छ ।
यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न समेत सैद्धान्तिक सहमति प्रदान गरेको छ।यस्तै कर्जा सूचनासम्बन्धी विधेयक तर्जुमा गर्न समेत मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ।
यस्तै बैठकले उपनिर्वाचन सम्पन्न भएपश्चात भएको झडपमा परी घाइते भएका अछामको मल्लेखका गम्भीर साउँद, मोहन साउँद, रामबहादुर साउँद र नरबहादुर साउँदको उपचार तथा बिरामी कुरुवा खर्चबापत २ लाख ८३ हजार ५८४ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
















प्रतिक्रिया दिनुहोस्