सिभिल बैंकको १०८ औं शाखा कलैयामा

काठमाडौं, फागुन १ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा बिशेष महत्वदिने रणनीति अनुरुप बैंकले आजबारा जिल्लाको कलैयामा आफ्नो शाखा संचालनमा ल्याएको छ ।

आज एक कार्यक्रमकाबीच सिभिल बैंकका संचालक समितिका सदस्ययुगेश बहादुर मल्ल तथा कलैया उप–महानगरपालिकाका मेयर राजेश राययादवले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको कलैया शाखाको समुद्घाटन गर्नुभयो । सोहीअवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिद्धेश्वर संस्कृत माध्यामिक विद्यालयलाई सि.सि.टि.भि.क्यामेरा प्रदानगरिएको छ ।

कलैया शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कलैया उप–महानगरपालिकाका मेयर राजेश राययादवले देशमा वित्तिय क्रान्तिको आवश्यकता रहेकोले आफ्नो नगरवासीलाई वित्तिय क्रान्तिमा लाग्न सुझाब दिनु भयो र आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिन आग्रहगर्नु भयो । साथै आफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न पनि आग्रहगर्नु भयो ।

उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले गढि़माइ जस्तो पवित्र धार्मिक स्थलतथा देशको खाद्यान्नको प्रमुख उत्पादन हुने बारा जिल्लाको कलैयामा प्रशस्त अवसरहरु आफुले देखेको र आफुले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सम्पूर्ण बैंकिंग सेवा तथा सुविधाहरु प्रदानगर्ने बताउनु भयो ।

उक्त समारोहका सभापतितथासिभिल बैंकका संचालक समितिका सदस्ययुगेश बहादुर मल्लले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिताबिनाआर्थिक समृद्धि सम्भबनहुने बताउनु भयो ।

उक्तशाखाको उद्घाटन समारोहमा सिभिल बैंकका संचालक समितिका सदस्ययुगेश बहादुर मल्ल, कलैया उप–महानगरपालिकाका मेयर राजेश राययादव, प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नेपाल प्रहरी बाराका प्रमुख कृष्ण प्र. पंगेनी, उवा संघका अध्यक्ष विनोद साह, कलैया उप–महानगरपालिकाका वडा नं ४का अध्यक्ष जटा शंकर, सिभिल बैंकका प्रदेश २ काप्रमुख सुरज दाहाल लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थितिथियो ।

सिभिल बैंकको हालसम्म ४१५,००० भन्दा बढी ग्राहकहरु रहेको रु. ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५० अर्व कर्जा लगानी गरेको र यस बैंकको प्रदेश नं २ मा यस शाखा समेत गरी १४ शाखा तथा नेपालभर कुलशाखा संख्या १०८ पुगेकोे पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्