सिभिल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा आचार्य नियुक्त
काठमाडौं, माघ २९ । सिभिल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य नियुक्त भएका छन् ।
आज बसेको संचालक समितिको १४५ औं बैठकको निर्णयले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । आर्चायलाई फागुन १ गते देखि लागु हुने गरि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको छ ।
यस्तै सिभिल लघुवित्त वित्तिय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत बलराम पौडेलको राजिनामा स्वीकृत भएको छ । पदबाट राजिनामा दिएका उनको आज बसेको संचालक समितिको बैठकको निर्णयले स्वीकृत गरेको हो ।
प्रतिक्रिया दिनुहोस्