पाँच हजार मारेको जिम्मा लिने प्रचण्डलाई कानुनी कारबाही गर्न सांसदको माग
काठमाडौं, माघ २९ । सार्वजनिक रुपमा पाँच हजार मारेको अभिव्यक्ति दिने (पुष्पकमल दाहाल प्रचण्ड)लाई कानुनी कारबाही गर्न एक सांसदले माग गरेकी छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद हिरा गुरुङले कारबाहीको दायरामा ल्याउन माग गरेकी हुन्।
उनले भनिन्, ‘लोकतन्त्रको विशेषता कानुनी राज्यको प्रत्याभूति हो। तर, पाँच हजार मान्छे मारेका सार्वजनिक अभिव्यक्ति दिनेलाई कानुनी दायरामा सरकारले किन ल्याउन सक्दैन?’
प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनले कानुनका नजरमा सबै बराबर रहेको महसुस गराउन माग गरिन्। यस्तो अभिव्यक्ति दिनेलाई कारबाही नगरिए ‘सानालाई ऐन, ठूलालाई चैन’ उक्ति सान्दर्भिक हुने बताइन्।
प्रतिक्रिया दिनुहोस्