ज्योति लाईफ इन्स्योरेन्सको प्रादेशिक कार्यालय धनगढीको विस्तार
काठमाडौं, माघ २९ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रादेशिक कार्यालय धनगढीको विस्तार गरेको छ।बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले उक्त कार्यालयको उद्धघाटन गरेका हुन्।
उक्त कार्यक्रममा अध्यक्ष चापागाँईंले बीमाका बारेमा जनचेतना बढाउन स्थानीय तहमा अन्तरक्रिया गरी घुम्ती बीमा सेवा सञ्चालन गर्न लागि परेको बताए।
यससँगै अहिले संसारभर जोखिम आधारित पूँजीको अवधारणा कार्यान्वयनमा रहेको हुँदा अब नेपालमा पनि जोखिममा आधारित पूँजीको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। अहिलेसम्म नियामकिय प्रावधानअनुसारको पूँजी तोक्ने गरिएको छ।
कायक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा सल्लाहकार भोजराज शर्मा लगायत कम्पनीका पदाधिकारीहरु उपस्थित रहेका थिए।
कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले ज्योति लाईफले ७ नं. प्रदेशको ९ वटै जिल्ला, विकटमा दार्चुलासहित गरी आफ्ना १३ वटा सेवा केन्द्रहरुबाट सेवा सञ्चालन गर्दै आएको जानकारी दिए।
ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष नन्द किशोर शर्माले छोटो समयमा नै बीमाको दायरा ६ प्रतिशतबाट २२ प्रतिशत पुर्याउन बीमा समितिको भुमिका रहेको भन्दै समिति प्रति कृतज्ञता प्रकट गरे।
प्रतिक्रिया दिनुहोस्