मेगा बैंकको नाफा २९ प्रतिशतले बढ्यो, ६ महिनामा कति कमायो ?

काठमाडौं, माघ २९ । मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ९५ करोड दुई लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

बैंकले गत वर्षको तुलनामा २९ प्रतिशतले सुधार गरेको छ। गत वर्षको यहि अवधिमा ७३ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

खुद व्याज आम्दानी १९.७९ प्रतिशतले सुधार गरेको छ। यसै अवधिमा बैंकले दुई अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा एक अर्ब ७८ करोड रुपैयाँ आर्जन गरेको थियो।

निक्षेप १.९५ प्रतिशतले सुधार हुँदा कर्जा विस्तार भने ६.२० प्रतिशतले बढेको छ। दोस्रो त्रैमासिक अवधिमा ८० अर्ब २१ करोड रुपैयाँ कर्जा निक्षेप संकलन गरी ७४ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यसै अवधिमा बैंक निक्षेपभन्दा कर्जा विस्तारमा थप आक्रमक देखिएको हो।

बैंकको खराब कर्जा केहि बढेको छ। त्यस्तै कस्ट अफ फण्डमा कमी आउँदा नाफा बढ्न टेवा पुर्‍याको छ। आधार व्याजदर एकल अंकमा झरेको छ। त्यस्तै प्रतिशेयर आम्दानी चार रुपैयाँले सुधार भइ १८ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्