स्वास्थ्य मन्त्रालयले भन्यो -सिन्धुपाल्चोकमा कोरोना भाइरसको हल्ला मात्रै, संक्रमण होइन

काठमाडौं, माघ २९ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमण नरहेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोकमा केही दिनयता फैलिएको प्रकोप सामान्य रुघा खोकी मात्र भएको र कोरोना भाइरसको संक्रमण नभएको जानकारी दिएको हो ।

जुगल गाउँपालिकामा चीनको हुबेइ प्रान्तमा देखिएको कोरोना भाइरसको लक्षणसँग मिल्ने लक्षण देखिएको चर्चा भइरहेका बेला स्वास्थ्य मन्त्रालयले यस्तो जानकारी दिएको हो ।

गाउँपालिकाले कोरोना जस्तै लक्षण देखिएको रोग फैलिएको भन्दै मंगलबार स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो ।

यस अघि सिन्धुपाल्चोकमा केही दिनयता फैलिएको प्रकोप रुघा खोकीलाई कोरोना भाइरसको संक्रमण भएको संकेत गर्दै समचार आएका थिए भने गाउँ नै त्रसित बनेको थियो

प्रतिक्रिया दिनुहोस्