स्वास्थ्यमन्त्री ढकालले भने- चीनबाट नेपाली नागरिकलाई छिटै नेपाल ल्याइन्छ
काठमाडौं , माघ २८ । यति बेला चीन लगाएत अन्य देशमा फैलीएको महामारी भाइरस कोरोनाको सँक्रमणले उग्र रुप लिएको छ । चिनमा मात्रै हजार भन्दा बढिको ज्यान गइसकेको छ भने कयौंको उपचार भइरहेको छ । चिनमा रहेका नेपालीको यसको संक्रमणले सातो गइसकेको छ ।
फिर्ता ल्याउन उनका आफन्त तथा त्यहाँ रहेको नेपालीहरुले सरकारले लाई गुहारिरहेका छन् । यता सरकारले यसको तयारीमा जुटीरहेको बताइरहेका बेला आज स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनको हुवान शहरमा भएका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा भएको बताएका छन् ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मगंलबार सांसदहरुको प्रश्नको जवाफमा मन्त्री ढकालले चीनबाट नेपाली नागरिकलाई छिटै नेपाल ल्याइने बताए ।
मन्त्री ढकालले हुवानबाट नेपाली नागरिक छिटै ल्याउने भने पनि कहिलेसम्म स्वदेश ल्याउने भन्ने बारेमा मिति तय नभएको बताए ।
चीनबाट पहिलो चरण १ सय ८५ जना विद्यार्थीलाई स्वदेश ल्याउने तयारी भैरहेको समेत उनले बताए । मन्त्रीका ढकालका अनुसार चीनबाट स्वदेश ल्याइएकाहरुलाई राख्नका लागि भक्तपुरस्थित खरिपाटीमा १ सय ९९ वटा ‘क्यारेन्टाइन’ कोठाको व्यवस्थापन गरिएको छ ।
नोबेल कोरोना भाइरसको संक्रमण चीनबाट सुरु भएपछि विश्वभर महामारीका रुपमा फैलिन थालेपछि चीनबाट ल्याइएका नेपाली नागरिकलाई राख्नका लागि ‘क्यारेन्टाइन’स्थालको सुनिश्चित गरिएको हो ।
चीनमा रहेको नेपाली विद्यार्थी लगता उनका अभिभावकले चाडो ल्याउन आग्रह गरेका छन् भने सरकारले सढलाइ गरेको प्रति आपत्ति पनि जनाएका छन् ।














प्रतिक्रिया दिनुहोस्