नयाँ आइजीपीमा ठाकुर ज्ञवाली नियुक्त
काठमाडौं , माघ २८ । सरकारले नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आईजी)मा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ठाकुर प्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ ।
मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई नयाँ आईजीपीमा नियुक्त गरेको हो ।
हाल प्रहरी नायब महानिरीक्षकका रुपमा उनी प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए ।
हाल प्रदेश नम्बर १ को प्रहरी प्रमुख रहेका ज्ञवाली प्रहरी सेवाका निर्विवाद अधिकृतका रुपमा चिनिन्छन् ।
२५ असार २०४७ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)को रुपमा सेवा प्रवेश गरेका ज्ञवालीले महानिरीक्षक बन्दा आफ्नै ब्याचका २ जना प्रतिस्पर्धीलाई उछिनेका हुन् । अन्य २ जना डीआईजीहरु तारणि लम्साल र सूर्य उपाध्यायलाई उछिन्दै ज्ञवाली महानिरीक्षक बन्न सफल भए ।
प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा बढुवा हुँदा कार्यसम्पादन मूल्याङ्कनका आधारमा १ नम्बरमा रहेका ज्ञवालीलाई वरिष्ठताकै आधारमा प्रहरी महानिरीक्षमा बढुवा गरिएको हो ।
हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् । यही ब्याचको वैकल्पिक टोलीमा डीआईजी हुन्, ज्ञवाली । उनीसँगै तारिणीप्रसाद लम्साल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा थिए ।
३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् ।














प्रतिक्रिया दिनुहोस्