नेपाल एपीएफ स्कुल कपमा आयोजक स्कुल सहित ८ स्कुलहरुको क्वाटर फाईलन यात्रा सुनिश्चित ।
काठमाडौं, माघ २८ । नेपाल एपीफ स्कुल, कीर्तिपुर—४ काठमाण्डौँको आयोजनामा छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिता अन्तर्गत आज ४ खेलहरु सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा नेपाल पुलिस स्कुलल राराहिल मेमोरियल स्कुललाई ५—० को फराकिलो अन्तरले पराजित ग¥यो । नेपाल पुलिस स्कुललको तर्फबाट सन्देश तामाङ्गले ३ गोल र ईशान राईले १ गोल गरे भने आत्मघाती १ गोल भएको थियो ।
त्यसैगरी आज भएको दोस्रो खेलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुलले जनसेवा मा.वि.लाई २—० को गोल अन्तरले पराजित ग¥यो ।
ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुलललाई विजयी गराउन दिनेश विष्ट र गोविन्द सिंहले १र१ गोल गरे । आज सम्पन्न तेस्रो खेलमा ब्राईट होराईजन चिल्ड्रेन होम स्कुलले एम्ब्रोसिया ईन्टरनेशनल स्कुललाई ३—० गोल अन्तरले पराजित ग¥यो । ब्राईट होराईजन चिल्ड्रेन होम स्कुलको तर्फबाट सन्देश महत्तराले २ र रेगन फडेराले १ गोल गरेका थिए ।
आज भएको अन्तिम खेलमा पुष्पसदन आवासीय माध्यमिक विद्यालयले साल्भिनिया एकेडेमीलाई ६—० को फराकिलो गोल अन्तरले पराजित ग¥यो ।
पुष्पसदन आवासीय माध्यमिक विद्यालयलको तर्फबाट नुर्बु तामाङ्गले २, निगम राईले १, आयुष राई २ र १ आत्मघाती गोल भएको थिए ।
यसका साथै भोली लिग चरणका सम्पूर्ण खेलहरु समाप्त हुनेछन् । चारवटा लिग चरणका खेलहरु बाँकी छदै क्वाटर फाईनल यात्रा सुनिश्चित गर्ने टिमहरु तय भईसकेका छन् , जसमा आयोजक नेपाल एपीएफ स्कुल, ग्रिन भिलेज एजुकेशन फाउण्डेशन, ब्राईट होराईजन चिल्ड्रेन होम, सैनिक आवासिय महाविद्यालय, नेपाल पुलिस स्कुल, ल्याब्रोटरी मा.बि., हारति शिक्षा मन्दिर र लिटल एन्जल्स स्कुल रहेका छन् ।
त्यसैगरी भोली मिति २०७६।१०।२९ गते हुने अन्तिम लिग चरणका खेलहरु निम्न अनुसार रहेको छन ।
१. ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विरुद्ध ब्राईट होराईजन चिल्ड्रेन होम स्कुल ।
२. राराहिल मेमोरियल स्कुल विरुद्ध साल्भिनिया एकेडेमी
३. नेपाल पुलिस स्कुल विरुद्ध सैनिक आवासिय महाविद्यालय ।
४. जनसेवा मा.वि विरुद्ध जेम्स स्कुल ।
प्रतिक्रिया दिनुहोस्