हिमालयन बैंकको वार्षिक साधारणसभा बुधवार, २२ प्रतिशत लाभांश पारित गर्दै
काठमाडौं , माघ २८। हिमालयन बैंकले माघ २९ गते (बुधवार) २७ औं वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले प्रस्तावित १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी १२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । सभा बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा शुरु हुनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले माघ १३ गतेदेखि बुक क्लोज गरेकाले माघ १२ गतेसम्मका कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य भएका छन् ।
सभाले गत वर्षको वार्षिक प्रतिवेदन पारित, चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्नुका साथै निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ । साथै, बैंकको अधिकृत पूँजी रू. १० अर्बबाट वृद्धि गरी रू. १२ अर्ब पुर्याउने विशेष प्रस्ताव समेत सभाका लागि तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्