अवरुद्ध हुँदै आएको संसद् खुल्यो: कांग्रेसले भन्यो- यस्ता गतिविधि दोहोरिए चुप लागेर बस्ने छैनौं

काठमाडौं , माघ २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तीनपटकसम्म अवरुद्ध गराएको संसद आज नियमितरुपमा खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै बालुवाटारको ललीता निवास जग्गा प्रकरणमा गरेको निर्णयप्रति असन्तुष्टी जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको थियो ।

संवैधानिक निकायले अधिकार क्षेत्रबाहिर गई सरकारबाट प्रभावित भएर मुद्दा दायर गरेमा फेरि पनि संसद् अवरुद्ध गर्ने जनाउँदै अहिलेलाई प्रतिनिधिसभाको नियमित कार्यसूचीलाई अगाडि लैजान कांग्रेस सहमत देखिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ गर्ने्बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदरुले उठेर विरोध भने जनाएका थिए । सभामुख सापकोटाले कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाललाई बोल्न समय दिएका थिए ।

उनले अख्तियारले भेदभावका आधारमा विशेष अदालतमा मुद्दा दायर गरेको बताइन् । “सरकारका मन्त्रीले भेदभावपूर्ण तरिकाले मुद्दा दायर गरिएको घटनालाई सरकारको ठूलो उपलब्धि भनेकाले पनि सरकारबाट प्रभावित भई अख्तियारले लाचार छायाँ बनेर मुद्दा दायर गरेको पुष्टि भयो, जनताको छायाँ बनेर हामीले संसद् अवरुद्ध गराएका हौँ”, उनले भनिन् ।

संवैधानिक निकाय सन्तुलनमा रहनुपर्ने धारणा राख्दै सांसद भुसालले लोकतान्त्रिक पद्धति, संसदीय पद्धतिका लागि पार्टीका संस्थापक बिपी कोइरालाले आठवटा राजद्रोहको मुद्दा पनि देशमै आएर संवैधानिक रुपमा लडेको इतिहास स्मरण गर्दै कानूनी लडाइँ लड्ने बताइन्।

ऋब भने रोकीएका काम निरन्तर अगाडी बढ्ने भएका छन । कांग्रेसले बालुवाटारको जग्गाको विषयलाई लिएर संसद मात्र होइन सडकमा सडकमा समेत आएको थियो सरकारको विरोध जनाउँदै । कांग्रेसले आगामी दिनमा यस्ता गतिविध दोहोरिए आफु चुप लागेर नबस्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्