चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या हजार पुग्यो , वरिष्ठ अधिकारीहरु कारवाहीमा

काठमाडौं , माघ २८ । चीनमा कोरोना भाइरसबाट हजारभन्दा बढीसर्वसाधारणको मृत्यु भएपछि केही वरिष्ठ अधिकारीलाई कारवाही गरेको छ ।

सरकारले हुबेईको स्वास्थ्य आयोगका पार्टी सचिवलगायत आयोगका प्रमुखलाई कार्वाही गरेको हो । यसरी पद गुमाउनेमा स्थानीय रेडक्रसका डेप्युटी जनरल पनि छन् । उनलाई कर्तव्यबाट पछि हट्दै चन्दा संकलन गरेको भन्दै हटाइएको हो ।

कोरोनाको संक्रमण देखिएयता मात्र हुबेईमा हजारौंलाई बर्खास्त गरिएको र थुप्रैमाथि अनुसन्धान र धेरैलाई चेतावनी दिइएको सरकारी समाचारमा उल्लेख छ ।

सोमबार मात्रै १०३ जनाको मृत्यु भएको हुबेई प्रान्तमा अहिलेसम्म अहिलेसम्म १ हजार १६ जनाले ज्यान गुमाइसकेका छन् ।

यद्यपि, देशव्यापी संक्रमितको संख्यामा भने २० प्रतिशतको कमी आएको जनाइएको छ । आइतबार ३ हजार ६२ रहेको संक्रमितको संख्या सोमबार घटेर २ हजार ४ सय ७४ पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्