चीनबाट ल्याइने नेपालीको स्वास्थ्य निगरानीका लागि ६० जना स्वास्थ्यकर्मी खटाइने
काठमाडौं, माघ २६ । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै त्यसक्षेत्रमा रहेका नेपालीले आफूहरुलाई स्वदेश फर्काउन आग्रह गरिरहेका छन् ।कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका १ सय ८० जना नेपालीले स्वदेश फर्काउन आग्रह गर्दै चीनस्थित नेपाली दूतावासमा निवेदन दिएको आज (आइतबार) एकसाता पूरा भएको छ ।तर सरकारले भने अझैपनि उनीहरुलाई ल्याउने तयारी मात्र भइरहेको जनाएको छ ।
चीनमा कोठाभित्रै थुनिएका नेपालीहरुलाई उद्धार नगरेका भन्दै चीनमा रहेका नेपालीका आफन्तहरु यतिबेला काठमाडौमा विभिन्न मन्त्रालय धाइरहेका छन् । चीनमा रहेका नेपालीका आफन्तहरुले आफ्ना छोराछोरीको उद्धारमा सरकारले पहल नगरेको भन्दै सहयोगका लागि पहल गरिदिन आग्रह गर्दै आज(आइतबार) राष्ट्रिय मानव अधिकार आयोग पुगेका थिए । ाष्ट्रिय मानव अधिकार आयागले पनि चाँडो ल्याउन निदेर्शन दिएको छ ।
चीनबाट ल्याइने नेपालीको स्वास्थ्य निगरानीका लागि ६० जना स्वास्थ्यकर्मी खटाइने भएका छन् । स्वास्थ्य अवस्था निगरानीका लागि ६० जना स्वास्थ्यकर्मी परिचालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीको स्वास्थ्य निगरानीका लागि ६० जना स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न लागिएको मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए ।
दाहालका अनुसार स्वदेश ल्याइने नेपालीलाई विमानस्थलबाट क्वारेन्टाइनमा राखिँदा ६० जना स्वास्थ्यकर्मीले स्वास्थ्य निगरानी गर्नेछन् ।
क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने ६० जना चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले भोलि (सोमबार) अभिमुखिकरण तालिम समेत दिने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता दाहालका अनुसार मेडिकल अफिसर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, पारामेडिक्स लगायतका स्वास्थ्यकर्मीको ६० जनाको टोली चीनबाट स्वदेश ल्याइने नेपालीको स्वास्थ्य निगरानीमा खटिने छन् ।सरकारले क्वारेन्टाइनमा आवश्यक पर्ने स्वास्थ्य तथा अन्य सामाग्री व्यवस्थापनको तयारी समेत गरीरहेको प्रवक्ता दाहालको भनाइ छ ।
बिहीबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिवपुरी, इचङ्गुनारायण, सूर्य्विनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्न निर्देशन दिए पनि अझै निक्र्यौल नभएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता दाहालले बताए ।














प्रतिक्रिया दिनुहोस्