सञ्चुरी कमर्सियल बैंक र मौर्या होटलबीच ग्राहकलाई छुट दिने सम्झौता
काठमाडौँ, माघ २६ । सेञ्चुरी कमर्सियल बैंक र भैरहवास्थित मौर्या होटलबीच ग्राहकलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकका भैरहवा शाखाका प्रबन्धक विशाल गुप्ता र मौर्या होटल प्रालि व्यावस्थापकीय संचालक रामबहादुर कोइरीले हस्ताक्षर गरेका छन् ।
नेपाल भ्रमण वर्ष २०२० लाई भव्यताका साथ सफल पार्न बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेर धनीहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको हो ।
उक्त सम्झौता अनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेर धनीहरुले होटलको रुम बुकिङ, फुड एण्ड बेभेरेज, लौण्ड्री लगायत सम्पूर्ण सेवा सुविधामा १२ प्रतिशतसम्म छुट पाउने छन्।
प्रतिक्रिया दिनुहोस्