तरुण दलद्वारा प्रधानमन्त्री र अख्तियार प्रमुख आयुक्तको पुत्ला दहन, निर्णय सच्याउँन माग
काठमाडौं, माघ २६ । ललिता निवास जग्गा प्रकरणमा आफ्ना पार्टी नेता विजयकुमार गच्छदारलाई षड्यन्त्र पूर्वक फसाइएको यति बेला कांग्रेस सडकमा आएको छ । सडकमा मात्रै होइन संसद पनि अवरुद्ध गर्दै आएको छ । केहि दिन अगि माइतीघर मण्डलामा पनि विरोध प्रर्दशन गरेको थियो ।
यसैबीच यसकै बिरोधमा आज नेपाल तरुण दल डडेल्धुराले प्रदर्शन गर्दै प्रधानमन्त्री केपि शर्मा ओली र अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेको पुत्ला दहन गरेको छ।
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले भ्रष्टाचारका विरुद्ध आईतबार देशै भर आयोजना गरेको प्रदर्शनका कार्यक्रम अन्तरगत अख्तियारले निष्पक्ष रुपमा छानबिन नगरेको भन्दै प्रधानमन्त्री ओली र अख्तियार प्रमुख आयुक्त घिमिरेको पुत्ला दहन गरेको हो।
बालुवाटारस्थित ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभाव पूर्ण निर्णय गरेको भन्दै तरुण दल डडेल्धुराले प्रधानमन्त्री ओली मुर्दावादका नारा लगाउदै अख्तियार प्रमुख आयुक्त घिमिरेको राजिनामा माग गर्र्दै याली निकाली जिल्ला सदरमुकाम बागबजारको भिमदत्त चोकमा पुत्ला दहन गरेको हो।
नेपाली कांग्रेस पार्टी कार्यालयबाट निकालिएर्को याली बसपार्क हुँदै भिमदत्त चोकमा पुगी कोणसभामा परिणत भएको थियो। कोणसभालाई कांग्रेस जिल्ला कमिटी सभापती एवं सुदूरपश्चिम प्रदेश सांसद कर्णबहादुर मल्लले सम्बोधन गरि रहदा तरुण दलका युवाहरुले प्रधानमन्त्री ओली र अख्तियार प्रमुख आयुक्त घिमिरेको पुत्ला दहन गरेका थिए। पुत्दा दहन गर्दै गर्दा नेपाल प्रहरीले पुत्लामा लगाईएको आगो निभाएका थिए।
कोणसभा लाई सम्बोधन गर्दै तरुण दल डडेल्धुरा सभापती शेरबहादुर साउदले घटनाको सत्य तथ्य छानविन गरी दोषि लाई कानुनी कारकबाहीको माग गरे। सत्तामा रहेकालाई अख्तियारले कानुनी प्रक्रिया नर्पुयाई उन्मुक्ति गरि विपक्षि दलका नेतालाई मात्र दोषी बनाई कानुनी कटघरामा उभ्याउने काम गरेको उनको आरोप छ।
जग्गा फिर्ता गर्नेलाई सरकार र अख्तियारको मिलोमतोमा छोड्ने र विपक्षी दलका नेतालाई कानुनी प्रत्रिया अघि बढाउने काम भएकाले दोषी सबैलाई कानुनी कटघरामा उभ्याई कारबाही गरिनु पर्ने उनको माग रहेको थियो ।
प्रतिपक्षलाई फसाउने, आफ्नालाई बचाउने ?
यता नेपाल तरुण दल खोटाङले ललिता निवासको जग्गा प्रकरणमा प्रतिपक्षलाई फसाउने र आफ्नालाई बचाउने खेल भएको बताउँदै विरोध जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमार्फत आईतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै तरुण दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटै मुद्धामा कसैलाई काखा र कसैलाई पाखा गरेको भन्दै निर्णय सच्याउन उनीहरुले माग गरेका छन्।
यति बेला ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजय गच्छेदारमाथि प्रतिशोध साँध्ने र तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई र विष्णु पौडेललाई उन्मुक्ती दिने निर्णय गरेर कानुनी राज्यको धज्जी उडाएको भन्दै तरुण दलले आपत्ति जनाएको छ । एउटै अपराधका कसैलाई मुद्दा र कसैलाई सफाई गर्ने बदनियतपूर्ण निर्णय सच्याउँन माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्