कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८१२ पुग्यो, ३७ हजार भन्दा बढि संक्रमित

काठमाडौं, माघ २६ । चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । मृत्यु हुनेको संख्या दैनिक वृद्धि भएको अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करीब ३७ हजार २ सय ५१ पुगेको सिजिटियनले उल्लेख गरेको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले २ हजार ६ सय ४९ कोरोना संक्रमित मानिसलाई निको भएको जनाको छ । बुहान र त्यस वरपरको प्रान्तमा भाइरसका कारण मृत्यु हुनेको संख्या बढेको छ । चीन बाहेक अन्य देशमा हालसम्म दुईजनाको मृत्यु भएको छ । तीमध्ये एक फ्लिपिन्सका र अर्का हङकङका नागरिक हुन् ।

हुबेईका अधिकारीहरूले शनिबार कोरोनाभाइरसका ८१ नयाँ संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् । यसले हुबेईमा मात्र यसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७८० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्